हिमाल दैनिक
चेम्बर एक्स्पो २०२० फागुन १३ देखि
Pro_Ktm_Chamber_Pressmeet(1)
पाँचौ चेम्बर एक्स्पो २०२० आगामी फागुन १३ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नेपाल चेम्बर अफ कर्मशले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालको उद्योग तथा व्यवसायका साथै पर्यटन प्रर्वद्धनमा टेवा पुराउनका लागी मेला आयोजना गर्न लागेको जनाएको हो । यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीलाई समेट्ने मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागीताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग तथा व्यापार व्यवस्थापनका नयाँ आयामहरुलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरुलाई सहयोग मिल्ने आयोजकले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलामा अन्तर्राष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने नेपाल चेम्बर अफ कर्मशको दाबी छ । यान्त्रिक तथा उपकरणको बृहत प्रदर्शनीसँगै मेलामा अटोमोबाइल विद्युतीय उपकरण, फ्लोरिङ तथा फर्निसिङ, होम अप्लाइन्सेज, फेसन वेयर एण्ड एक्सेसरिज, मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादन तथा सेवाहरु आकर्षणको रुपमा रहेको चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए। मेलामा २ सय ५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहनुका साथै ९० वटा राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्पनीहरु र उद्योग व्यवसायीहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा नेपाल, भारत, चिन, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, म्यानमार, कोरिया, जापान, फ्रान्स लगायत युरोपका मुलुकहरु तथा अन्य राष्ट्रहरुमा उत्पादित सामग्रीहरु एक्स्पोमा रहने जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update