हिमाल दैनिक
आज असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन। नेपाली किसानहरुले असार १५ लाई धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गर्दछन््। आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ। कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने जनविश्वास छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्। नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ। धान दिवसको अवसरमा कास्कीमा विशेष रोपाईं महोत्सव गर्ने गरिएको छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो। कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ। कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update