नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम प्रदेश राजधानी सुर्खेतमा सुरु भएको छ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्।
प्रतिष्ठानले सातै प्रदेशको कार्यक्रम सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने गरी पूर्वतयारी गरेपनि बिहीबार सभापति देउवा नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटका लागि काठमाडैंमै बस्नु परेपछि कर्णाली प्रदेशको कार्यक्रम वरिष्ठ नेता पौडेलले उद्घाटन गरेका हुन्। स्रोतका अनुसार, सभापति देउवा शुक्रबारको समापन कार्यक्रममा सुर्खेत जाने तयारीमा रहेका छन्।
गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन्।
कार्यक्रममा कर्णाली प्रदेशका सबै जिल्लाका महाधिवेशन प्रतिनीधि र महासमिति सदस्यहरुको सहभागिता रहेको छ। कार्यक्रमा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एंव उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्यहरु ह्दयराम थानी, रामकृष्ण यादव, दिपक गिरि, जीवनबहादुर शाही लगायतका केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको छ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय