भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको घरदैलोमा पुगेर नै गरिबीको पहिचान गरिने बताएकी छिन् ।
शुक्रबार स्याङ्जाको वालिङ्मा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब घरपरिवार तथा वितरण अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दैमन्त्री अर्यालले खास गरिबीको पहिचान जनताको घरदैलोमा नै पुगेर गरिने बताएकी हुन् । गरिबको डाटा संकलन भइसकेपछि जनताको जीवनस्तर माथि उठाउन गरिब लक्षित कार्यक्रम ल्याउने मन्त्री अर्यालले बताईन ।
मन्त्री अर्यालले ३ वर्षभित्र गरिब शुन्य बनाउने लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताईन । आगामी असोजबाट स्याङ्जामा डिजिटल नापी संचालन हुने जानकारी उनले दिईन ।
गरिबीको रेखामुनि रहेकालाई पहिचान गरि ति समुहलाई विशेष कार्यक्रम ल्याउने उदेश्यका साथ उक्त कार्यक्रमको शुभारम्भ भएको हो । दोस्रो चरण अन्तर्गत ताप्लेजुङ, धनकुटा, महोत्तरी, काभ्रे, रसुवा स्याङ्जालागयत १२ वटा जिल्लामा गरिब पहिचान शुक्रबारदेखि भएको छ । गरिब पहिचान भइसकेपछि गरिबीका रेखामुनि रहेकालाई परिचपत्र वितरण हुनेछ ।
यसअघि शुभारम्भ भएको पहिलो चरणको कार्यक्रम अन्तर्गत २६ वटा जिल्लामा गरिब पहिचान गरि परिचयपत्र वितरणका लागि स्थानीय तहहरूको समन्वय भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय