विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको पर्यावरणीय संरक्षणको उद्देश्यले शुक्रबार पशुपतिस्थित कैलाश क्षेत्रमा वृक्षरोपण गरिएको छ ।
भूसंरक्षण दिवसका अवसरमा सो क्षेत्रमा वन तथा वातावरण मन्त्रालय, लायन्स क्लब अफ काठमाडाँै न्यू वेभ्स र पशुपति क्षेत्र विकास कोषको सहकार्यमा वृक्षरोपण गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पशुपति क्षेत्रको पर्यावरणीय संरक्षण र सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै वातावरणीय दुष्प्रभावबाट जोगिन सरकार, सरोकारवाला र आमजनताबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा समीलगायत विभिन्न प्रजातिका २०० भन्दा बढी बिरुवा रोपिएको थियो । कोषको सचिवालयका प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले रोपिएका बिरुवाको संरक्षण कोषले गर्ने जानकारी दिए।
सरकारले चालू आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा घोषणा गरी यस अवधिमा मुलुकभर एक नेपाली एक फलफूलका बिरुवासहित कम्तीमा पाँच करोड बिरुवा रोपण गरी हुर्काउने महाअभियान सञ्चालन गरेको छ ।रासस
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय