हिमाल दैनिक
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि पाँच अर्ब १७ करोड ९६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार ललितपुरमा आयोजित नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षका लागि महानगरपालिको बजेट सार्वजनिक गरेका हुन्। उनले चालू आर्थिक वर्षको चार अर्ब ६० करोड ७२ लाख बजेटमध्ये जेठ मसान्तसम्म एक अर्ब ७५ करोड ६४ लाख खर्च भएको जानकारी दिए। महानगरपालिकाको नीति तथा कार्यक्रमसमेत सार्वजनिक गर्दै मेयर महर्जनले ‘ललितपुर नगर स्वस्थ समुन्नत साँस्कृतिक सहर’कारुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुनैपनि जनप्रतिनिधिमाथि आँच नआउने परिस्थिति निर्माणमा सचेत रहन सुझाव दिए।
प्रकाशित मिति: शनिबार, असार ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update