हिमाल दैनिक
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव अघि सारेको छ। मंगलबार काठमाडौमा आयोजित नगरसभामा मेयर विद्यासुन्दर शाक्यले साढे १५ अर्बको विनियोजन विधेयक प्रस्तुत गरे। महानगरले भौतिक पूर्वाधारका लागि ४ अर्ब ३१ करोड, सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ५२ करोड, शिक्षाका लागि एक अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ। पर्यटन तथा सम्पदा संरक्षणका लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट छ्ट्याइएको छ। सूचना तथा सञ्चारका लागि १६ करोड, जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, विपद व्यवस्थापनका लागि ७ करोड विनियोजन गरिएको मेयर शाक्यले बताए। अन्तराष्ट्रिय सम्बन्ध प्रवर्द्धनका लागि ६ करोड ५९ लाख, कृषि तथा पशुसेवाका लागि ६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको महानगरले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असार ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update