हिमाल दैनिक
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गुठी भनेको केबल जग्गा जमिनमात्रै हो भन्ने सरकारको बुझाई गलत भएको दाबी गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद केसीले गुठी भनेको जमिन मात्रै नभई यो काठमाडौंवासी विशेषगरी नेवार समुदायको जीवन पद्धतीे, संस्कार र सभ्यता भएको बताए। काठमाडौंका मानिसको जन्मदेखि मृत्युसम्म गुठी संलग्न हुने बताउँदै आफ्ना पिता पूर्खाले धर्म, संस्कृति र परम्पराको रक्षाका लागि जुन विश्वासले दान दिएका थिए अहिले त्यहि गुठीलाई सरकराले प्राधिकरणको नाममा गुठीयारको अस्थित्व समाप्त पार्न खोजेको आरोप पनि उनले लगाए। विश्वभर नै ट्रष्टको माध्यमबाट विश्वविद्यालय, विद्यालय र सामाजिक संस्थाहरु चलेको उदाहरण दिँदै उलने त्यहि अनुरुप चल अचल सम्पत्ति गुठी र गुठीयारको रुपमा रहेका उनले बताए। पशुपतिनाथ मन्दिरमा पनि चन्दन, फूलप्रसाद, पुजारी सबै अलग अलग गुठीबाट आउने बताउँदै यो पद्धती नहेरी जग्गामा मात्रै आखा गाढ्ने काम सरकारले गरेको आरोप उनको थियो। ‘यसले नेपालको सभ्यता, पहिचान र राष्ट्रियतामा ठूलो आँच पुर्याउँछ,’ भन्दै उनले गुठीलाई ठट्टाको रुपमा नहेर्न चेतावनी दिए। ‘यदि यो संस्कार र पद्धतीमाथि खेलवाड गर्ने दुश्प्रयास भए यसबाट उत्पन्न हुने हावाहुरी सरकारले थेग्न सक्दैन। यो अरिंगालको गोलामा हात नहाल्नुहोस्,’ उनले सरकारलाई सचेत गराँउदै भने। भूमि नेपालको सम्पत्ति र आर्थिक उपार्जनको साधन पनि भएको बताउँदै कतिपय सांसदहरुले दाङका किसानहरु अन्यायमा परेको भन्दै स्वर्गद्धारी आश्रमको जग्गा दिनु पर्ने कुरा उठाएकोमा उनले उक्त आश्रमको जग्गा १२४ वर्ष अघि महाप्रभुले निजी रकमबाट गरिद गरेको ऐतिहासिक दस्तावेज पढेर सुनाए। उनले महाप्रभुको सनद बाचन गर्दै नेपालमा २१ सालसम्म मोहीयानी व्यवस्था नभएको र ३३ सालपछिको व्यवस्था आएको भएपनि स्वर्गद्धारी आश्रमको जग्गामा मोहीलाई सबै जग्गा दिन नहुने तर्क प्रस्तुत गरे।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update