हिमाल दैनिक
गुठी विधेयकको आडमा सरकार विरोधी आन्दोलनको नो चान्सः प्रम ओली
PM Oli returns
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवस केही गल्ती र कमीकमजोरी भए सच्याउने सरकार तयार रहेको जानकारी दिएका छन्। आइतबार ८ दिने युरोप भ्रमण सम्पन्न गरि स्वदेश फर्के लगतै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दे प्रधानमन्त्री ओलीले गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने दाबी गरे। गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्थामा त्यस्ता कुरालाई सम्बोधन गर्न मात्र खोजिएको उनले बताए। उनले सरकार जनतालाई दुःखी बनाउन नचाहेको बताउँदै सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी पनि दिए। गुठी विधेयकमा धार्मिक, सांस्कृति र परम्परागत सम्पदा मास्ने गरी प्रावधान राखेको भन्दै उपत्यकाका गुठीयारहरु आन्दोलित हुँदै गएका छन्। तर, प्रधानमन्त्री ओलीले त्यसबारे सच्याउन संकेत दिएपनि उपत्यका बाहिरका कतिपय ऐतिहासिक र धार्मिक आश्रमको जग्गा कब्जा गर्ने भूमाफियाको पक्षमा कानून बनाउन सरकार दत्तचित्त रहेको सन्देश दिएका छन्। प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए। प्रधानमन्त्री ओली गत जेठ २५ गते युरोप भ्रमणमा गएका थिए। प्रधानमन्त्री ओलीलाई बिमानस्थलमा उपप्रधानमन्त्री इश्वर पोखरेल, सभामुख कृष्ण वहादुर महरा लगाएतले स्वागत गरेका थिए भने नेपाली सेनाले सलामी अर्पण गरेको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update