युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउन पुगेका नेपाल तरुण दलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
करिब एकसाता लामो युरोप भ्रमण सकेर आइतबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेका प्रधानमन्त्री ओलीविरुद्ध बहुचर्चित र विवादित गुठी विधेयक लगायतका विषयमा विरोध गर्दै कालो झण्डा देखाउन पुगको तरुण दल सदस्य दिनेशविक्रम शाहसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको तरुण दलले जनाएको छ।
पक्राउ पर्ने अन्य दुई जनाको परिचय खुल्न सकेको छैन।
प्रधानमन्त्री ओलीले आफ्नो विरोधमा कालो झण्डा देखाउँदै छन् भन्ने जानकारी पाएपछि पूर्वनिर्धारित समयभन्दा केही मिनेट अघि नै विमानस्थलमा ओर्लिएको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय