हिमाल दैनिक
मुलुकको विकास र संमृद्धिका लागि सबै एक हौँः उपप्रधानमन्त्री पोखरेल
Ishwor Pokharel
कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलले मुलुकको विकासका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका छन्। शनिबार काठमाडौको टोखा नगरपालिका ६ नैनडोल धापासीमा आयोजित श्रीहरिहर मन्दिर समुद्घाटन तथा बिराट ज्ञापनमहायज्ञ एवं टोखानगर धार्मिक महोत्सवको समापन समारोहमा उनले सबैको एउटै लक्ष्य बिकास र समृद्धि भएको भन्दै यसका लागि एक भएर लाग्नुपर्ने बताए। उनले जनताको आचरणमा परिर्वतन ल्याउनका लागि नेता, पार्टीका साथै समाजसेवी लगाएत सबैको भूमिका हुने जिकिर गरे। पोखरेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका बारेमा भ्रममा नपर्न पनि आग्रह गरे। सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष निर्वाचित सांसदहरुको लागि ६ करोड रुपैयाँका दरले निर्वाचन क्षेत्र विकास कार्यक्रममा रकम दिने घोषणा गरेपछि त्यसको चौतर्फी विरोध र आलोचना भइरहेको छ। रक्षामन्त्री समेत रहेका पोखरेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागी आएको बजेट सांसदहरुले प्रयोग गर्न नपाउने भन्दै योजना छनौटमा मात्र सांसदहरुको भूमिका हुने दाबी गरे। कार्यक्रममा मन्दिर निर्माण, ज्ञापन महायज्ञ र महोत्सवलाई सफल पार्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update