हिमाल दैनिक
समाजवादी पार्टी नेपालको दर्ता गर्न यादव र भट्टराई निर्वाचन आयोगमा
Upendra and Baburam
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भइ बनेको ‘समाजवादी पार्टी नेपाल’ले बिहीबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। बिहिबार अपरान्ह दल दर्ताको निवेदन दिन पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरु आयोग पुगेका थिए। एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने चुनाव चिन्ह पछि बुझाउने बताइएको छ। २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको बताइएको छ। केन्द्रीय समितिको अध्यक्षमा यादव र संघीय परिषद्का अध्यक्षमा भट्टराई रहेका छन्। आयोगमा दल दर्ताको निवेदन दिएपछि अध्यक्ष भट्टराईले संविधान संशोधन लगायतका माग पूरा नभए पार्टी सरकारबाट बाहिरिने बताए। उनले समाजवादी पार्टी नेपाल देशको तेस्रो शक्ति भइसकेको दाबी पनि गरे।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update