हिमाल दैनिक
गुठी विधेयकको बचाउँमा पोखरेलले गरे संविधानको एकांकी व्याख्या
Krishna Bhakta Pokharel
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्णभक्त पोखरेलले गुठी विधेयकको सम्बन्धमा सरकारविरुद्ध गलत सन्देश दिनेगरी विपक्षीले गोयबल्स शैलीमा प्रचार गरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता प्रतिकूल असर नपर्नेगरी गुठीको जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकार सम्बन्धमा कानून बनाउने विषय संविधान र संसदीय परम्पराभित्रै पर्ने दाबी गरे। संसदमा कानूनको विशेष दख्खल राख्ने सांसद पोखरेलले सरकारले ल्याएको गठी सम्बन्धी विधेयकको बचाउँ गर्ने क्रममा एकांकी ढंगले संविधानको धारा २९० र विधेयकको दफा २६ लगायतका प्रावधान बाचन गर्दै विधेयकले गुठीको व्यवस्थापन गर्ने दाबी गरे। तर, उनले सोही संविधानको धारा २६ को उपधारा २ जसमा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षणको हक हुने प्रावधान मात्रै चटक्कै विर्सिएनन् उनले विधेयकको दफा २३ र २४ मा गुठीको हक र दायित्व स्वतः समाप्त हुने गलत प्रावधानको ढाकछोप गरे। ‘केही दिनदेखि गोयबल्स शैलीबाट जे तथ्य हो त्यो तथ्यतर्फ इंगितै नगरी गुठी विधेयकको बारेमा जुन चर्चा गरेर सिंगो राष्ट्रमा गलत सन्देश दिने जुन प्रयास भएको छ,’ उनले भने। यहि संविधानको प्रावधान अनुसार, सरकारले विधेयक संसदमा ल्याएको बताउँदै उनले राष्ट्रिय सभामा छलफलका क्रममा रहेको विधेयकबारे प्रतिनिधि सभामा दिनहुँ त्यसको विरोध गर्ने कार्य संसदीय लोकतन्त्रभित्र नपर्ने दाबी पनि गरे। भोलिका दिनमा प्रतिनिधिसभामा आएपछि त्यसलाई कसरी राम्रो बनाउने भन्ने अधिकार छँदाछँदै प्रत्येक दिन यो धर्म संस्कृतिको विरुद्धमा छ भनेर विरोध गरिएकोम उनले रोष प्रकट पनि गरे। उनले यो विधेयक धर्म संस्कृतिको रक्षाका लागि आएको दाबी पनि गर्दै संसदमा रहेका कोही पनि सामाजिक न्यायको विपक्षमा जान नसक्ने दाबी पनि गरे। सामाजिक न्यायका नाममा सरकारले देशभरी रहेको गुठीको जग्गा कब्जागरी बसेका तथाकथित सुकुम्बासी र भूमाफियालाई लालपूर्जा वितरण गर्ने उद्देश्यले संविधानको भावना विपरित विधेयक ल्याएपछि सदन र सडकमा सरकारको उक्त कदमविरुद्ध आवाज चर्किँदै गएको छ। https://www.facebook.com/himaldainik/videos/608867559624898/?t=3
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update