हिमाल दैनिक
संसदमा भीमसेनदासकाे गर्जनः काठमाडौंका जनता उठेभने को कहाँ पुग्छ थाहा छैन
Bhimsendas Pradhan
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले इतिहासको हेक्का राख्दै काठमाडौंको भाषा, संस्कृति, परम्परा र रितिरिवाजमाथि धावा नबोल्न वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई चेतावनी दिएका छन्। सरकारले संघीय संसदमा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरोधमा बिहीबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद प्रधानले सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन सम्बन्धी कन्भेन्सनको दफा १९६ र धारा २ विपरित विधेयक ल्याएर काठमाडौंका जनताको भावनामाथि धावा बोलको आरोप लगाए। सरकारलाई धम्कीपूर्ण भाषामा सांसद प्रधानले भने, ‘सरकारलाई ज्ञान होला, काठमाडौं उपत्यका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन। राणा शासन ढल्यो शहिद शुक्रराज, दशरथ चन्द, गंगालाल, धर्मभक्तको आब्हानमा भएको आन्दोलनले। काठमाडौंका जनता जुरुक्कै उठेपछि ४६ सालको आन्दोलनले निरंकुश पञ्चायती शासन ढल्यो।’ उनले थप्दै भने, ‘याद होला काठमाडौंका जनताले प्रतिगमनविरोधी गिरिजावावुको नेतृत्वमा भएकोे आन्दोलनमा पनि साथ दिएको थिएन। जब गणतन्त्रको नारा सडकमा लाग्न थाल्यो तब काठमाडौंको जनता जुरुक्कै उठ्यो र राजतन्त्र ढल्यो।’ पुर्नस्थापित संसदको एजेण्डा राजा फाल्ने नभएपनि काठमाडौंका जनता सडकमा उत्रिएपछि त्यो पनि फालिएको बताउँदै प्रधानले भने, ‘हेक्का रहोस्, अहिले केपी ओलीको सरकार ढल्ला भन्ने चिन्ता होइन, सबै पाटीहरु मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएको संविधानप्रति कतै डिरेल होला र जनताको अनास्था होला भन्ने चिन्ता हो। समयमै सरकार सचेत होस्।’ पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा पनि नेवारहरुको काठमाडौंको राज्यमाथि धावा बोलेर कब्जा जमाएपछि पनि उनले भक्तपुरका राजासँग मैत्री सम्बन्ध कायम गरी यहाँको संस्कृति, परम्परा, धर्म बुझेको कारण यसमाथि धावा नबोलेको र त्यहि कारण काठमाडौंका नेवारले उनीविरुद्ध नउत्रिएको पनि बताए। ‘काठमाडौंका जनता पृथ्वीनारायण शाहको विरुद्धमा इतिहासमा उत्रिएनन् किन भने उनले यहाँको सम्पदा, संस्कृति र कुमारीलाई ढोगेर विजय जुलुस चलाउँदै यहाँको संस्कृतिप्रति सम्मान गरेका थिए,’ उनले भने। सरकारले धर्म, संस्कृति र परम्परा समाप्त पार्ने गरी ल्याएको विधेयकको कारण अहिले काठमाडौंमा आन्दोलनको हुरी चलेको बताउँदै उनले भने, ‘बादल दिनहुँ गर्जिँदै छ। कतै त्यो आन्दोलनले अहिले हामीले ल्याएको संविधान डिरेल त हुँदैन?’ काठमाडौंका जनतामात्र होइन, जो जति जहाँ गुठी व्यवस्थामा छन् पहाडदेखि तराईसम्म र विशेष गरी काठमाडौंको सम्पदा, संस्कृति र काठमाडौंको भाषा र धर्म अन्तर्राष्ट्रिय जगतमा यो सम्पदाले नेपाललाई चिनाएको उनले बताए। ‘तर, सरकारले अहिले त्यहि सम्पदामाथि धावा बोलेको छ,’ उनले थप्दै भने काठमाडौंको सम्पदा र संस्कृति, रितिरिवाजालाई युनेस्कोले विश्व सम्पदा सूचिमा सूचिकृत गरेको बताए। अहिलेको सरकारको रवैयाबारे चर्चा गर्दै उनले सरकारले जे जति पनि विधेयकहरु संसदमा प्रस्तुत गरेको छ त्यसमा सरोकारवालाहरुले विरोध गरिरहेको अवस्था किन भइरहेको छ भनि प्रश्न गरे। सरकारले सरोकारवालाहरुसँग छलफलै नगरी आफूखुशी ल्याएको कारण यो अवस्था आएको बताउँदै कुनै पनि विधेयक वा कानुन बनाउँदा सरोकारवालाहरुसँग परामर्श गरेरमात्रै ल्याउन उनले सुझाव दिए। प्रधानका अनुसार तत्कालिन सरकारले १९५५ मा संयुक्त राष्ट्रसंघमा नेपालको भाषा देवनागरी दर्ता गर्न खोज्दा त्यसलाई भारतीय भाषासँग मिलेको भन्दै दर्ता नहुँदा नेवारहरुको नेपाल भाषा रञ्जना लिपी दर्ता भएको थियो।   https://www.facebook.com/himaldainik/videos/339222406762398/?t=4
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update