भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले संसदमा दर्ता भएको गुठी बिधेयकले गुठीको अधिकार खोस्न लागेको भनेर अनावश्यक हल्ला फैलाएको बताएकी छिन्।
बुधबार ललितपुरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको रजत बर्ष प्रतिक चिन्हको अनावरण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले जनताको कुनै पनि अधिकार नखोस्ने समेत बताईन।
गुठी भनेको मौलिकता भएको भन्दै यसलाई मास्ने कुरै नभएको उनको भनाई छ । जनताको सांस्कृतिक र अधिकार तथा भावनाको विपरित सरकार जान नसक्ने भन्दै उनले सास्कृतिक अधिकारलाई थप संरक्षण गर्न बिधेयक ल्याइएको धारणा राखिन् ।
गुठीसंग जोडिएको समस्या समाधान गर्ने गरी आएको बिधेयकले धर्म संस्कृति परम्पराको रक्षा गर्छ कि गर्दैन भन्ने चिन्ताले गर्दा एक थरीले आवाज उठाइरहेको र गुठी पिडित किसानले आफनो हक सुरक्षित हुनुपर्छ भन्ने खालको अर्को थरी आवाज बाहीर आएको मन्त्री अर्यालको दाबी छ ।
उनले उक्त बिधेयक राम्ररी अध्ययन गर्न सुझाव पनि दिईन।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय