नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने स्पष्ट पारेका छन्।
प्रेस सङ्गठन चितवनले बुधबार भरतपुर बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताउँदै छलफल गरेर अघि बढ्ने बताए।
लोकसेवा आयोग सम्बन्धी विधेयकको सवालमा संसदीय समितिले एक खालको निर्देशन दिएको र सरकारले अर्कै खालको निर्णय गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि आवश्यक छलफल गरेर निश्कर्षमा पुगिने उनले बताए।
पार्टी एकताको बाँकी काम टुंग्याउने गृहकार्य भइरहेको भन्दै उनले केही जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोक्ने सिलसिलामा गृहकार्य नपुगेको स्वीकार गरे।
प्रचण्डले पार्टी एकता प्रक्रियामा टुंगो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुंगो लाग्ने जिकिर गरे ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय