नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले नेपाल वायु सेवा निगमको टिकट बुकिङको जिम्मेवारी कुनै टेण्डर नगरी विना दिने कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारमा सून्य सहनशीलताको नारा विपरित भएको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष सयम लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता कँडेलले सन् २०१८ मार्च ११ मा निगमको टिकट बुकिङ सिस्टम र व्यवस्थापनका लागि भएको ग्लोबल टेण्डरमा तीनवटा कम्पनीहरुः ट्राभल्स पर्ट, ग्यालियो, र एमआरडिएसले प्रतिस्पर्धा गरे पनि त्यसबाहेकको कम्पनीलाई त्यो जिम्मेवारी दिइएको बताए।
त्यो प्रतिस्पर्धाकोे लगत्तै निगममा विना टेण्डर प्रतिस्पर्धा सेवर नामक कम्पनीलाई टिकट बुकिङको जिम्मेवारी दिइएको भन्दै उनले उक्त निर्णय कानून विपरित भएको दाबी गरे। ‘विना टेण्डर दर्खास्त, विगतको टेण्डर एकवर्षपछि कुनै जानकारीवीना खारेज गरी झण्डै पाँच करोड लेनदेनको घोटालामा निगमका पदाधिकारी (अध्यक्ष)को रोहोबरमा भएको कुरा बाहिर आएको छ,’ उनले भने।
‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने प्रधानमन्त्रीले सायद आफन्तहरुको अनुहार देख्न पर्ला भनेर कारबाही नगरी भ्रष्टाचारी सावित नगरिदियो भने दिनहुँ भेट्न पाइन्छ भनेर होला कारबाही नगरेको हो?’ कँडेलले प्रश्न गर्दै भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ अर्ब ऋण काढेर ल्याइएका वाइड बडी जहाजहरु आएको दिनदेखि नै भ्रष्टाचारको घेरामा रुमलिएको बताउँदै पछिल्लो समय उक्त मन्त्रालय प्रधानमन्त्रीको मातहतमा रहेपछि थप अनियमितताको भासमा डुबेको आरोप पनि लगाए।
चार अर्ब ३५ कारोडको भ्रष्टाचारको कुराको छानविन अख्तियारमा रहेको बताउँदै प्रधानमन्त्रीले मन्त्रालय सम्हालेपछि अहिले झण्डै साढे दुई अर्ब घाटामा रहेको र थप विवादित बनेकोे दाबी गरे। ‘त्यहाँ टिकट बुकिङका लागि नियुक्तिको विषयले लामो दुरीमा उड्ने आशा पलाएकोमा जुलाई ४ तारिखदेखि जापानको उडान भर्ने भनि तय भएको थियो त्यो पनि फेरि विभिन्न बहानामा स्थगित भएको छ। वायु सेवा निगमले प्रत्येक दिन डेढ करोड घाटा सहिरहेको छ,’ उनले भने।
https://www.facebook.com/himaldainik/videos/345275252830179/
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय