नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले सत्तामा रहेका कतिपय नेताहरु काठमाडौंवासीकै ज्वाई भएपनि ससुरालीको संस्कार नबुझी गुठी विधेयक बनाएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सून्य समयमा बोल्दै सांसद राजभण्डारीले लिच्छिवीकालदेखि नै अगाडि बढेको गुठीको संस्कारमाथि अहिले संमृद्ध नेपाल र सुखी नेपाली नारा लिएर अघि बढेको सरकारले गुठीको संस्कार र परम्परालाई नबुझीकनै अबरुद्ध पार्न खोजेको आरोप लगाए।
कतिपय सत्तारुढ दलका नेताहरुले उपत्यकाभित्रैका नेवार समुदायमा बिबाहबारी गरेको प्रसंग उल्लेख गर्दै राजभण्डारीले ससुरालीको संस्कार, परम्परा नबुझेको बताउँदै संस्कार र परम्परा समाप्त पार्नेगरी ल्याइएको विधेयक फिर्ता लिन माग गरे।
उनले भने, ‘अहिले सत्तामा रहनु भएकाहरु धेरै समयसम्म काठमाडौँमा बस्नु भएको र कतिपय काठमाडौंवासीका ज्वाई खलक पनि हुनु भएको कारणले आफ्नो ससुरालीबाट पनि गुठीको संस्कारबारे बुझेरमात्रै फेरि विधेयक बनाउन अनुरोध गर्दछु।’
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय