हिमाल दैनिक
कांग्रेस नेता सिंहले प्रश्न: गुठीको प्राण हर्ने विधेयक कसको लागि र किन ल्याएको?
prakashman sing-01
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले हालै संसदमा प्रस्तुत गरेको गुठी सम्बन्धी विधेयकले हजारौं वर्षदेखि चलिआएको धर्म, संस्कृति र परम्परागत ठुठीको प्राण हर्ने गरी ल्याइएको भन्दै तत्काल फिर्ता लिन माग गरे। बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नासाथ विपक्षी दलका सांसदहरु उभिएर विरोध जनाए। त्यसपछि सभामुख महराले सिंहलाई बोल्न दिएपछि उनले गुठी सम्बन्धी विधेयकले हजारौँ वर्षदेखि स्थापना गरिएको गुठीलाई प्राधिकरणमा लाने गलत मनसाय भएको कारण यो घोर आपत्ति जनक कार्य भएको बताए। ‘यो विधेयक कसको लागि र किन ल्याइएको हो? सरोकारवालाहरुसँग न्यूनतम परामर्श समेत नगरी यो विधेयक ल्याएर दुई हजारभन्दा बढी गुठी र त्यसका गुठीयारको धर्म, संस्कृति र परम्परामाथि आक्रमण गर्ने काम भएको छ,’ सिंहले भने। संविधानले निजी सम्पत्तिको ज्ञारेन्टी गरेको बताउँदै उनले अहिले सरकारले घुमाउरो पाराले खोस्ने काम भएको बताए। परम्परादेखि चल्दै आएको रितिरिवाज र धर्म, संस्कृति र सभ्याता बचाउने कार्य समाप्त पार्ने गरी ल्याइएको यो विधेयकले जनताको निजी सम्पत्तिमाथि पनि सरकारले कब्जा गर्ने योजनामा छ भन्ने संकेत दिएको उनले आरोप लगाए। ‘यो विधेयकले धार्मिक स्वतन्त्रताको हकमाथि पनि अतिक्रमण गरी संविधान विपरित कार्य गरेको छ।,’ उलने भने। यो विधेयकले गुठीको प्राणै लिने विधेयक फिर्ता लिएर सरोकारवालासँग परामर्श गरी आवश्यक परे नयाँ विधेयक ल्याउन उनले माग गरे। उनीपछि बोल्दै राष्ट्रिय जनता पार्टी नेपालका सांसद अनिल झाले पनि गुठी विधेयकको विषयमा धर्म संस्कृति र परम्परामाथि आक्रमण गर्ने कार्यको विरोध गरे। https://www.facebook.com/himaldainik/videos/846044959085855/
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update