प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका हरेक कदम लोकतन्त्र र जनविरोधी भएको आरोप लगाएका छन्।
नेपाली कांग्रेस ललितपुरले शुक्रबार ललितपुरमा आयोजना गरेको राष्ट्रिय जागरण सभाको समापन कार्यक्रममा शुक्रबार बोल्दै सरकारले संविधान र लोकतान्त्रिक शासन व्यवस्थाको भावना विपरित प्रेस स्वतन्त्रता र मानवअधिकार सम्बन्धी विधेयक यथास्थितिमा पारित गरे त्यसविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि दिए।
लोकतन्त्रमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको पूर्ण ज्ञारेन्टी हुनु पर्ने बताउँदै यदि सरकारले यी विधेयक जबरजस्ती अघि बढाए त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए।
आफूँले हिँजो निर्वाचनको समयमा कम्युनिष्टहरु लोकतन्त्रवादी हुनै सक्दैनन् र उनीहरुले जिते अधिनायकवाद आउँछ भनि भेनको कुरा पुष्टि हुँदै गएको दाबी देउवाले गरे।
अहिले मुलुकमा लोकतन्त्रमाथि खतरा आएको भन्दै कांग्रेस एकढिक्का भएर लोकतन्त्रको रक्षाका लागि अघि बढ्नुपर्ने धारणा राखे।
सभापति देउवाले पार्टीको जागरण अभियानका क्रममा जनताको घरदैलोमा गई जनताको मन जित्ने काम गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका थिए।
केन्द्रीय प्रतिनिधि तथा राष्ट्रिय सभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिएको अहंम भावनाको कारण सरकारले संसदमा जे जति विधेयकहरु दर्ता गरेको छ त्यसमा सबै सरोकारवालाको विरोध रहको बताए।
‘सरकारले सदनमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक, मानव अधिकार आयोगको ऐन संशोधन गर्न बनेको विधेयक, गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयकदेखि शिक्षा सम्बन्धी विधेयकहरुमा सरकारले सरोकारवालाहरुको भावना नबुझी मैले जे गरे पनि हुन्छ भन्ने मान्यतामा काम गर्दा चौतर्फि विरोध भइरहेको छ,’ पाण्डेले भने।
सरकारको यस्तो रवैयाका कारण ओली नेतृत्वको सरकार विस्तारै असफलताको बाटोमा गइरहेको पनि उनले बताए।
कार्यक्रममा ललिपुर जिल्लामा तत्कालिन नेकपा एमालेको स्थापित नेता रामकृष्ण हुमागाँइले कम्युनिष्ट पार्टी परित्यागको घोषणा गर्दै कांग्रेसमा प्रवेश गरेका थिए।
उनलाई सभापति देउवाले सदस्यता दिँदै पार्टीमा स्वागत गरेका थिए भने, हुमागाँइले आफ्नो ४० वर्ष लामो कम्युनिष्ट पार्टीसँगको आबद्धता तोडेर लोकतन्त्रका लागि कांग्रेसमा प्रवेश गरेको बताए।
पूर्व एमाले पार्टीबाट गत निर्वाचनमा सकेसम्म संघीय संसद र नभए प्रदेशसभामा भने पनि टिकटको अपेक्षा गरेका नेता हुमागाँइलार्ई पाखा लगाउँदै नवप्रवेशी पूर्वप्रहरी अधिकृत नवराज सिलवाललाई टिकट दिएको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय