![राप्रपाको दोस्रोे चरणको अभियान मुक्तिनाटबाट सुरु](https://himaldainik.com/wp-content/uploads/2019/06/Muktinath.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि दोस्रो चरणको स्वाभिमान यात्रा मुक्तिनाथबाट सुरु गरेको छ।
पहिलो चरणको अभियान लगत्तै दोस्रो चरण सुरु गर्ने तयारीमा रहेको राप्रपालाई सरकारले वार्तामा बोलाएपछि केही समय रोकिएको अभियान शुक्रबा पार्टी अध्यक्ष कमल थापाले धार्मिक अनुष्ठान गरि शुभारम्भ गरेका थिए।
धार्मिक अनुष्ठान पछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र कायम गराउने उद्देश्यले आफूहरु निरन्तर लागि परेको बताए।
आजै मुस्ताङको सदरमुकाम जोमसोममा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको चर्चा गर्दै सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आवश्यक भएको बताए।
उनले सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्नेमा जोड दिए।
सनातन धर्म विस्थापित गर्ने कार्यलाई मुकदर्शक भएर टुलुटुलु हेरिरहन नसकिने उनको जिकिर थियो।
उनले देशमा भ्रष्टाचार र कुशासन मौलाएको भन्दै अहिलेको राजनीतिक व्यवस्थाले त्यसको निकास नदिने बताउँदै त्यसका लािग राप्रपाले बोकेको विचारले मात्र निकास दिन सक्ने दाबी गरे।
सभालाई सम्बोधन गर्दै बालसन्त मोहनशरण देवाचार्यले धर्म निरपेक्षले धर्म, आचारण, मर्यादा र अनुशासनबाट च्युत गराएको भन्दै धर्म निरपेक्षता मुलुकको लागि हितकर नभएको दावी गरे।
सबैको अभिभावकीय भूमिका खेल्नको निमित्त र ओमकार परिवारको रक्षाको लागि हिन्दुराष्ट्र अत्यावश्यक भएकोले यो अभियानमा सबैको साथ र सहयोगको उनले अपेक्षा गरे।
बाल सन्त देवाचार्यले दिप प्रज्वलन गरेर स्वाभिमान यात्रलाई शुभकामना दिएका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय