नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि यहि जुन ५ मा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि सोमबार डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन्।
डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी)को निमन्त्रणामा उपसभापति निधि कोपनहेगन प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ।
डेनमार्क भ्रमणका क्रममा निर्बाचनको अघिल्लो दिन जुन ४ मा इलेक्सन अभियानको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ।
यसैगरी चुनावको दिन बिहीबार मतदान मतदान स्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको छ। उपसभापति निधिले चुनाबको भोलिपल्ट राजनीतिक दलका नेताहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
नेपाल डेनमार्क बाहिर बनेको डीआइपीडीको पहिलो सदस्य मुलुक हो। जसलाई सन् २०१० मे २६ मा त्याँहाको संसदले मान्यता दिएको थियो। त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो।
नेपाल जस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यबस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो। यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय