राष्टिय जनता पार्टी(नेपाल) राजपाले स्थानीय तहमा हालै लोक सेवा आयोगले गरेको पदपूर्ति आह्वानप्रति आपत्ती जनाएको छ।आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राजपाका सांसद् लक्ष्मणलाल कर्णले संविधानले परिकल्पना गरेको समावेशी मान्यता विपरीत रहेको बताए।
कर्णले पदपूर्तिको विज्ञापन सच्याउन माग गर्दे संवैधानिक निकायका हरेक पदपूर्तिमा समेत समावेशी सिद्धान्तको पालना नभएको जिकिर गरे। संघीय लोक सेवा आयोगले संविधान र संघीयताको मर्म विपरीत विज्ञापन आह्वान गरेको कर्णको भनाई छ । उनले संविधानमा प्रदेश लोकसेवाले आफ्नो र स्थानीय तहको पदपूर्तिको अधिकार केन्द्रले हनन् गरेको बताए।
त्यस्तै उनले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय