![सत्तापक्षका नेता अधिकारीद्धारा सभामुखसमक्ष ज्यान जोगाइदिन आग्रह](https://himaldainik.com/wp-content/uploads/2019/05/KHAGARAJ-01-e1559459951318.png)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले प्रतिनिधि सभाभित्रै असुरक्षित भएको भन्दै सभामुख कृष्णबहादुर महरासँग ज्यान जोगाइदिन आग्रह गरेका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन पुगेका सांसद अधिकारी आफ्नो सिटमा बस्दैगर्दा सिट भाँच्चिएर लड्न पुगे।
त्यसपछि सभामुखसँग समय माग्दै उनले आफू चार पटक कुर्सीबाट लडेको भन्दै भूइमा खसेको कुर्सीको सिट उठाएर सभामुखलाई देखाए।
‘अहिलेसम्म दुर्घटना भएको छैन, बँचिएको छ तर, यो कतिपटक भन्नु पर्ने हो? सचिवालयले आगामी दिनहरुमा कम्तिमा यस्ता कुर्सीहरु नराखियोस्। यो त धराप भयो, यो धेरै गम्भिर र आपत्तिको विषय हो, ज्यान जोगाई पाउँ भन्नु पर्ने अवस्था आयो।’
त्यसपछि सभामुख महराले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय