हिमाल दैनिक
सिंहको प्रश्नः अरुले गर्न नसकेका दायित्व पूरा गर्दा पनि किन कांग्रेसले जनताको विश्वास जित्न सकेन?
61534130_10157343283712329_6574621716356530176_n
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अरु दलले गर्न नसकेका ऐतिहासिक दायित्व पूरा गरेर पनि जनताको विश्वास जित्न नसक्नु कांग्रेसका लागि गम्भिर चुनौतिको विषय भएको बताएका छन्। शनिबार राजधानीमा नेपाली कांग्रेस रौतहट काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले आम जनतासँगको सम्बन्ध सुधारमा पार्टीले ध्यान पुर्याउन सकेन भने आगामी दिनमा पार्टी झनै दयनिय अवस्थामा पुग्ने तर्फ नेता र कार्यकर्ता गम्भिर हनु जरुरी भएको बताए। त्यसका लािग पहिलो सुधार पार्टीभित्र आवश्यक रहेको बताउँदै उनले भने, ‘जनअपेक्षा अनुरुप सुधार ल्याउन सकिएन भने पार्टीले देशमा देखिएका चुनौतिहरुका सामाना गर्न कठिन हुन्छ।’ पार्टीभित्र कुनै पनि निर्णय गर्दा विधान बमोजिम नगरी आफूखुशी गर्ने प्रवृत्तिकै कारण कांग्रेसको संगठन र जनाधार कमजोर र वामपन्थीहरुको दबदबा बढेको जिकिर सिंहले गरे। ‘जबसम्म पार्टी विधान र नियमसंगत तरिकाले चलाउन सकिँदैन तबसम्म जतिसुकै ठुला कुरा गरेर पार्र्टीमा रहेको गुट÷उपगुटको अन्त्य हुन पनि सक्दैन र पाटि बलियो बन्न पनि सक्दैन,’ उनले भने। नयाँ संविधान बमोजिम मुलुक संघीयतामा अघि बढिसकेको बताउँदै विधान बमोजिम पार्टी संगठन र संरचना निर्माण नहुँदा कांग्रेस आफैँ अलमलिएको र कार्यकर्तामा उत्साह नजागेको उनको तर्क थियो। नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकार संघीयता कमजोर पार्न उद्धत रहेको आरोप लगाउँदै त्यसको पुष्टि सरकारले हालै प्रस्तुत गरेको बजेटले गरेको आरोप उनले लगाए। संघीयताको भावना र त्यसलाई बलियो बनाउने गरी सरकारले बजेट नबनाएको विषय कोट्याउँदै उनले भने, ‘यसैबाट प्रष्ट हुन्छ कि यो सरकार संघीयत विरोधी हो।’ दुई तिहाई बहुमतको दम्भका कारण सरकार जनअपेक्षालाई वेवास्ता गर्दै जे गरेपनि हुन्छ भन्ने मानसिकतामा देखिनु दुःखद विषय भएको सिंहको भनाई थियो। संविधानको भावना र जनताको चाहना न्याल गर्न सरकारलाई सुझाव दिँदै उनले अझै पनि मुलुकासामु विविधखाले चुनौति रहेका भन्दै सरकारलाई दम्भ र अहंकार छोडेर सहमति र सहकार्यको माध्यमबाट प्राप्त उपलब्धिको रक्षार्थ केन्द्रित हुन आग्रह गरे। कार्यक्रममा केन्द्रीय सदस्य अजय कुमार चौरसिया, रौतहड जिल्ला सभापति कृष्ण यादब लगायतले आफ्ना धारणा राखेका थिए।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update