हिमाल दैनिक
दाहालका घरबेटीविरुद्ध गगन थापासहित काठमाडाैं-४ का स्थानीयवासी सडक विराेधमा
69353081_757985447965397_3929696867394256896_n
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीले ठेक्का लिएको सडक ९ वर्ष बितिसक्दा पनि निमाण नगरेको भन्दै काठमाडैं क्षेत्र नम्बर ४ का जनप्रतिनिधि र स्थानीयले सरकारी कार्यालयमा धर्ना दिएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत कपन र बूढानीलकण्ठ क्षेत्रमा १२ वटा सडकको ठेक्का लिएको अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन प्रा. लि. विरुद्ध त्यहाँका स्थानीयले धर्ना दिन सुरु गरेका हुन्। ललितपुरस्थीत सडक विभागअगाडि गरिएको धर्नामा सांसद र स्थानीयको उपस्थिति रहेको थियो। ठेक्का लिएको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा स्थानीयले सडक विभागअगाडि शुक्रबार धर्ना दिए। त्यस क्षेत्रभित्र अहिले १२ वटा निर्माणधीन सडक छन्। अधिकांश सडकको ठेक्का शैलुङ कन्स्ट्रक्सन कम्पनीले लिएको छ। अझै ३ ओटा सडक अलपत्र छाडेकाले पनि बाध्य भएर विरोध गर्नुपरेका त्यहाँका उपभोक्ताको भनाइ छ। काग्रेसका सांसद गगन थापाको नेतृत्वमा त्यहाँका उपभोक्ता र स्थानीय सरोकारवालाले सडक निर्माणमा देखिएको ढिलाइ अन्त्य नहुँदा सम्म धर्ना गर्ने चेतावनी दिएका थिए। सांसद थापाले तीन दिन भित्र सडक निर्माण कार्य अघि नबढाए आफूहरु सिंहदरबारभित्र मन्त्रीकै कार्यकक्षमा धर्ना दिने चेतावनी दिए। धर्नामा सहभागीहरुले ‘सरकारको दुराचार, क्षेत्र ४ मा अत्याचार, सिंहदरमा आराम छ, जनताको दैनिकी हराम छ, सरकार र ठेकेदार क्षतिपूर्तिको हाहाकार’ जस्ता प्लेकार्ड लिएर र नारा लगाएका थिए।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update