सिंगापुरमा स्वास्थ्य उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बडो तामझामका साथ टेलिकन्फ्रेन्सको माध्यमबाट मन्त्रिपरिषदको बैठकलाई सञ्चालन र सम्बोधन गरेको भन्दै उक्त कदमलाई आधुनिक युगमा नयाँ छलाङको व्याख्या गर्दै आएको सरकारले उक्त बैठकले कुनै निर्णय भने नगरेको दाबी गरेको छ।
विदेशमा रहेको बेला पनि टेलिकन्फ्रेन्सको माध्यमबाट मन्त्रिपरिषदको बैठकबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संविधानविदहरुले गम्भीर संवैधानिक र कानूनी प्रश्न उठाएपछि सरकारले गत सोमबारको बैठकको विषयमा ढाकछोप गर्नेक्रममा कुनै निर्णय नभएको जानकारी दिएको हो।
https://twitter.com/GokulPBaskota/status/1166938230819708928
संविधान र कानूनका अतिरिक्त मन्त्रिपरिषद बैठकको विद्यमान कार्यविधि संशोधन गरी प्रधानमन्त्री र मन्त्रीले भिडियो कन्फ्रेन्सका माध्यम मन्त्रिपरिषद् बैठकमा सहभागी हुन सक्ने भन्ने प्रावधानले गोपनीयताको सपथ सम्बन्धि व्यवस्थाको उलंघन गरेको भनि विरोध भएपछि सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त बैठकले कुनै निर्णय नगरेको बताएका छन्।
मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु साप्ताहिक रुपमा पत्रकार सम्मेलनमार्र्फत सार्वजनिक गर्दै आएका मन्त्री बाँस्कोटाले बिहीबार ट्वीटरमार्फत आज कुनै पत्रकार सम्मेलन नहुने बताएका छन्।
‘गत साताको पत्रकार सम्मेलनयता मन्त्रीपरिषद् बैठकले कुनै निर्णय नगरेकोले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु,’ मन्त्री बाँस्कोटाले भनेका छन्।
https://twitter.com/kpsharmaoli/status/1165900590733414400
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय