प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई अझै केही दिन लम्बिने भएको छ।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमालका अनुसार, सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी रहेको र यो प्रक्रिया अर्को सातासम्म पुरा हुनेछ।
रिमालले आफ्नो ट्वीटरमार्फत बुधबार दिएको जानकारी अनुसार, प्रधानमन्त्री ओलीको अवस्था हाल सामान्य स्थितिमा रहेको पनि उल्लेख छ। यसैबीच प्रधानमन्त्री ओलीसँगै सिंगापुर पगेका निजी चिकित्सक दिब्यासिंह शाह आजै स्वदेश फर्किसकेको रिमालले बताएका छन्।
https://twitter.com/BishnuRimal/status/1166669366240301056
प्लाज्मा फेरेसिस उपचार विधि के हो र कसरी गरिन्छ?
अंग प्रत्यारोपण गरेका व्यक्तिहरुको शरिरमा प्रत्यारोपण गरिएको अंगलाई शरिरमा रहेको एन्टीबडिज्ले आक्रमण गरी निकृय बनाउन सक्दछ।
त्यसैले शरिरमा रहेको रगतको प्लाज्माबाट त्यस्तो हानिकारक एन्टीबडिज्लाई विशेष मेशिनको प्रयोगबाट हटाउने विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ।
स्वस्थ मानिसको शरिरमा रहेको रगतमा हुने एन्टीबडिज्ले रोगप्रतिरोधात्मक क्षमताको काम गर्दछ। तर, आफ्नो शरिरको अंग भन्दा बाहिरी अंगमाथि आक्रमण नगरोस् यसरी प्रत्यारोपण गरिएको अंग क्रियाशील होस भन्नका लागि रगतमा रहेको प्लाज्मालाई एन्टीबडिज्बाट हटाएर अथवा कम गराएर उपचार गरिन्छ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय