नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई कम्युनिष्ट राज्य बनाउने खतरा सरकारबाटै रहेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियनले बुधवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले मुलुकलाई नै कम्युनिष्ट स्टेट बनाउन लागको भन्दै सवै सजक हुने बेला आएको बताए । सभापति देउवाले सरकारले सबै क्षेत्र कब्जा गर्न खोजेको भन्दै त्यसप्रति पनि आपत्ति प्रकट गरे ।
उनले बिधिको शासन स्थापीत गर्न कांग्रेस सधै गम्भीर भएर लाग्ने धारणा पनि राखे । त्यस्तै सभापति देउवाले वाक् तथा अभिब्यक्ति स्वतन्त्रता, मानव अधिकार, विधिको शासनमा पनि हमला हुन थालेको भन्दै त्यस तर्फ सजग हुन पनि सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे ।
सभापति देउवाले लोकतन्त्रलाई कसैले कमजोर पार्दैमा कमजोर नहुने स्पष्ट पारे ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय