हिमाल दैनिक
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य परिक्षण गरी आराम गर्नु परेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। कांग्रेसको बुधबार अपरान्ह २ बजेका लागि डाकिएको बैठकमा वरिष्ठ नेता पौडेल उपस्थित हुन नसकेपछि सभापति शेरबहादुर देउवाले आजको बैठक बिहीबार अपरान्ह बस्नेगरी स्थगित गरेका हुन्। बैठकमा वरिष्ठ नेता आउन नसक्ने जानकारी केही सदस्यहरुले सभापतिलाई दिएपछि सभापति देउवाले मुख्यसचिव मार्फत फोन सम्पर्क गरी पौडेललाई स्वास्थ्य लाभको कामना गरेका थिए। पौडेलका सहयोगी चिरन्जिवी अधिकारीका अनुसार, बुधबार बिहान पौडेल नर्भिक अस्पतालमा पुगेर पेटको समस्याबारे इण्डोस्कोपी गरेपछि निवासमा गएर आराम गरिरहेका छन्। पार्टीका भातृ संगठनहरुको संशोधित विधान, भातृ तथा शुभेच्छुक संस्थाको विधान बमोजिम गर्नु पर्ने अधिवेशन तथा नयाँ संस्थाको मान्यता लगायतका विषयमा छलफलका लागि आजको बैठकमा छलफल र निर्णय गरिने बताइएकोे थियो। सभापति देउवाले विगत केही हप्तादेखि बिचबीचमा स्थगित गर्दैृ र सूचारु गर्दै चलाएको बैठकलाई बढिमा तीन नभए दुइृ दिनभित्र छलफल र निर्णय गरी टुंग्याउने तयारी गरिरहेको सभापति देउवा निकट स्रोतले बतायो।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update