हिमाल दैनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेसंगै सांगठनिक गतिविधिलाई तिव्रता दिदै देशब्यापी प्रशिक्षण संचालन शुरु गर्ने भएको छ। साउनको अन्तिम साता काभ्रेको धुलिखेलमा सम्पन्न भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी केन्द्रीय प्रशिक्षकहरुलाई पार्टीले जिल्लास्तरीय प्रशिक्षणको लागि खटाएको छ। राप्रपाले भाद्र महिना भित्र सबै सतहत्तर जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरेको हो। पार्टीको संगठनलाई चुस्त र कार्यकर्तालाई प्रशिक्षित बनाउन सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम अन्तर्गत मोरङ्ग, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भईसकेको छ भने भदौ दोस्रो साताभित्र गोर्खा, लमजुङ, झापा, बैतडी, पाँचथर, सुनसरीको प्रशिक्षण तय गरिएको छ। प्रशिक्षण बिभागका प्रमुख एबं प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण बर्ष (२०७६) को कार्य योजना, संगठन निर्माण र नेतृत्व बिकास, सैद्वान्तिक बैचारिक पक्ष, सकृय सदस्यता बितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रबिधिका बिषयमा प्रशिक्षण दिईनेछ। पाठकका अनुसार भाद्र महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली कंचनपुरको प्रशिक्षणको पनि मिति तय भैइसकेको छ। राप्रपाको प्रशिक्षण कार्यक्रममा सहभागी हुन अधिकांश केन्द्रीय स्तरका नेताहरू, विभाग र भातृ संगठनका नेताहरू समेत जिल्ला जिल्लामा परिचालित भएका छन्। राप्रपाले देशका ७५३ वटै गाउँपालिका र नगरपालिकामा प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको र तदअनुरुप केन्द्रीय प्रशिक्षक र केन्द्रीय नेताहरूलाई परिचालन गरेको छ। राप्रपाले धनकुटा, मोरङ, पाँचथर र ताप्लेजुङका लागि वासुदेव भट्टराई र शारदा रिजाललाइ प्रशिक्षकको रुपमा खटाएको छ, भाद्र १४ गते पाँचथरमा हुने प्रशिक्षण कार्यक्रममा पार्टीका प्रवक्ता भुवन पाठक र सहायक महामन्त्री तिर्थराज चटौत सहभागी हुने भएका छन्। यसैगरी खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा बसन्त रिमाल र कुमार बस्नेत, झापा र सुनसरीमा मधुसूदन रिसाल र सांसद रिता माझी, भोजपुर, संखुवासभा, इलाम र तेह्रथुममा केशव ओझा र रञ्जु प्याकुरेल, सिराहा, सप्तरी, बारा र पर्सामा विन्ती प्रसाद चौधरी र सुजन अधिकारी, धनुषा, महोत्तरी, रौतहट र सर्लाहीमा सुजित केसी र श्यामप्रसाद नेपाल प्रशिक्षक तोकिएका छन्। यसैगरी चितवन, नवलपुर र नवलपरासीमा युवराज घिमिरे र लिला स्त्री, सिन्धुली, मकवानपुर, रामेछाप र धादिङमा भक्ति सिटौला र राजन सिवाकोटी, नुवाकोट, रसुवा, काभ्रेपलान्चोकमा परशुराम तामाङ र श्याम लामा, हुम्ला र डोल्पामा शशि भण्डारी र गणेशलाल श्रेष्ठ, दोलखा र सिन्धुपाल्चोककोमा लालध्वज लामा र मणि सिंखडा, सल्यान, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिममा कौशल आचार्य र मीना स्वर्णकार, गोरखा, लमजुङ, तनहुँ र कास्कीमा वसन्तमानसिंह अधिकारी र हिकमतजङ भण्डारी, बर्दिया, दाङ र बाँकेमा पवित्रा सुब्बा श्रेष्ठ र गिरिराज पुरुष, बझाङ, दार्चुला र बैतडीमा उपेन्द्र विक्रम पुरुष र पुरु दाहाल, दैलेख र जाजरकोटमा सन्तोषी शाही ठकुरी र जनक सिंह ठकुरी, स्याङ्जा, वाग्लुङ, पर्वत, मुस्ताङ र म्याग्दीमा वरुण विक्रम राणा, विनोद भट्टचन र नवराज लम्जुङ्गे, रुपन्देही र कपिलवस्तुमा युवराज घिमिरे, सुमेश्वर कुशवाहा र विन्ती प्रसाद चौधरी, डोटी, बाजुरा र अछाममा हिक्मत सिंह भण्डारी र महेश बहादुर सिंह, जुम्ला, मुगु, सुर्खेत र कालिकोटमा राजेन्द्र वीर राय र लिलाधर शर्मा, अर्घाखाँची, गुल्मी र पाल्पामा मेनुका खाँड केसी र सीता बस्याल केन्द्रीय प्रशिक्षक तोकिएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा भने जयन्तनाथ खनाल, रमानन्द न्यौपाने र आशा लामाले प्रशिक्षण दिने भएका छन्।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update