राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ प्रतिनिधिसभाबाट भएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ सर्बसम्मतीले पारित गरिएको हो । उक्त विद्येयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै गृहमन्त्री थापाले संविधानको धारा ११ बमोजिम उक्त विद्येयक प्रस्तुत गरिएको बताए ।
उक्त विद्येयक विभिन्न समितिमा छलफल भएर संशोधन गरेर प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरिएको उनले बताए । उनले परिचयपत्रमा जैविक विवरण राख्ने सम्बन्धमा पनि समितिमा लामो छलफलपछि आवश्यक जैविक विवरण राखिएको उल्लेख गरे। झण्डै एक दशक अधि देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको दाबी गरे।
सरकारकाले छिटो भन्दा छिटो सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने उदेश्यले विगतको कार्यलाई नै नितरन्तरता दिदै वितरण गरिएकाले कानुन भन्दा अधि परिचयपत्रको कार्ड वितरण गरिएको बताए । उनले उक्त विद्येयक पारित भइसकेपछि अहिले सिर्जना भएका समस्याहरु समाधान हुने दाबी गरे ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस भनी प्रस्तुत गरेको प्रस्ताव स्वीकृत भएको छ ।
त्यस्तै अर्थ मन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस भनी प्रस्तुत गरेको प्रस्ताव पनि स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते १ बजे बस्नेछ ।
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय