हिमाल दैनिक
पारिश्रमिकको रकम सामाजिक संस्थालाई
/fHoaf6 k|fKt /sd cIfosf]ifdf M lbQm]n ?kfsf]6 dem'jfu9L gu/kfln
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गरेका छन्। तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गरेका ह्न्। वडामा गठन भएका १३ आमा समूहलाई रु १०/१० हजारका दरले रु एक लाख ३० हजार, उत्कृष्ट टोल विकास समितिलाई रु १० हजार, नेवाः पुँच खललाई रु ५० हजार, आफुले अभिभावकत्व ग्रहण गरेका छात्र नीरकुमार खत्रीलाई रु १० हजार र धामीलाई रु तीन हजार प्रदान गरेको वडासदस्य हरि चाम्लिङले बताए। आमा समूहलाई प्रदान गरिएको रकम घुम्तीकोषमा जम्मा गरेर अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारलाई बिनाब्याज चलाउन दिने गरी प्रदान गरिएको हो । बाँकी रहेको रु १७ हजार रकम लोपोन्मुख अवस्थामा पुगेको सङ्गिनी नृत्य टोलीका लागि साडी खरीद गर्न सहयोग गरेको जनाइएको छ । उमेरले भर्खर ३३ वर्षका वडाध्यक्ष चौहानले आगामी दिनमा राज्यबाट पाउने रकमसमेत सामाजिक काममै खर्च गर्ने बताए। उनले गत वर्ष पनि प्राप्त एक लाख ६८ हजार र व्यक्तिगत रु ८३ हजार १११ थपेर दुई लाख ५१ हजार १११ नगद सामाजिक सङ्घसंस्थालाई प्रदान गरेका हुन्। उनले आफ्ना स्व बुबा नैनसिं चौहानको स्मृतिमा आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका छन्। गत वर्ष नै स्थापना गरिएको अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष दुई गरीब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको वडाध्यक्ष चौहानले बताए। भारतीय सेनाका पेन्सनरसमेत रहेका वडाध्यक्ष चौहान २१ वर्षको उमेरमा दुर्घटनामा परेपछि पेन्सनमा घर आएको बताइएको छ । रासस
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update