प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत जिम्मेवारीलाई गम्भीरतापूर्वक अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा सिंगापुरबाट भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आवश्यक निर्देशन दिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य राम्रो रहेको र आवश्यक अन्य जाँच भइरहेको बताएका थिए । साथै उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सवैलाई धन्यवाद दिएको पनि प्रवक्ता बास्काटोले बताए । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कामका बारेमा पनि चासो देखाएको बास्कोटाले जानकारी दिए।
भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय