सांसदहरुले लोकसेवा आयोगले पछिल्लो पटक प्रकाशन गरेको विज्ञापन संविधान विपरीत भएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै काङ्ग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले सरकारको निर्देशनमा लोकसेवा आयोगले आदिवासी जनजाति, दलित, मधेशी, महिला, मुस्लिम तथा उत्पीडनमा पारिएको समुदायलाई पाखा लगाउने गरी विज्ञापन प्रकाशन गरिएको भन्दै आपत्ति जनाए ।
लोकसेवा आयोगले संविधानको मूलमर्म समावेशी र समानुपातिक सिद्धान्त विपरीत विज्ञापन प्रकाशन गरेर प्रक्रिया अगाडि बढाइएको उहाको आरोप छ । आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्प्रर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो ।
सो विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनःप्रकाशित गर्नुपर्ने माग गर्दै आइरहेका छन् । सांसद पुष्पा भुषालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई आफ्नो प्रभावमा पार्ने उद्देश्यका साथ सरकारले सरकाकारी सचिव र निर्वाचन आयोगका कर्मचारीको सरुवा गरेको आरोप लगाए । । बैठकमा सांसद शान्ता चौधरीले पछिल्लो पटक बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्नुपर्ने माग गरीन्।
बैठकमा सांसद महेन्द्र राय यादवले भारत र पाकिस्तानबीच भएको कश्मीर समस्याबारेमा नेपाल सरकारको प्रष्ट धारणा माग गरे । सांसद राजेन्द्रप्रसाद लिङ्देनले सरकारले चितवन (शालिकराम पुडासैनी मृत्यु प्रकरण) घटनामा राज्य सत्ताको दुरुपयोग गरेको आरोप लगाए । सांसद खगराज अधिकारीले डेंगु रोगका कारण देशका विभिन्न जिल्लाका जनता आक्रान्त बनेको भन्दै जनताको सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय