हिमाल दैनिक
प्रधानमन्त्रीको स्वर्गवासको कामना गर्नेहरु अपराधिक मनोवृत्तिका हुन्ः अधिकारी
khagraj
प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा सामाजिक सञ्जालमा अपराधिक मनोवृत्ति भएकाहरुले स्वर्गवासको कामना गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद खगराज अधिकारीले खेद प्रकट गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै अधिकारीले भने, ‘अहिले सामाजिक सञ्जालमा अराजकता व्याप्त छ, सम्वेदना हराएको छ। देशको निर्वाचित सम्माननीय प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने अपराधिक मनोवृत्ति देखिएको छ।’ उनले यसतर्फ सदनको सदनको ध्यानाकर्षण गर्दै भने, ‘त्यस्ता खेदजनक व्यवहार गर्नेहरुप्रति घोर भत्र्सना र खेद प्रकट गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यूको सतयुगको कामना गर्न चाहन्छु।’ केही दिनअघि प्रधानमन्त्री ओलीले उपचारका लागि सिंगापुर जानु अघि गृहमन्त्रालयको कार्यक्रममा आफूलाई मरिहाले हुने भनि धूप हालिरहेको भन्दै त्यस्तो भावना राख्नेहरुले अहिलेदेखि नै चुनावमा आफ्नो अस्थित्व रक्षार्थ ध्यान केन्द्रित गर्न चुनौति दिएका थिए। त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका आफ्नै पार्टीका नेता माधवकुमार नेपाललाई आफ्नोबारे सामाजिक सञ्जालमा अफवाह फैलाउनेको शुभकामना नचाहिने भन्दै वादविवाद गरेका थिए। https://twitter.com/i/status/1165908276602523649
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update