हिमाल दैनिक
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको बताएका छन् । पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रिय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै अध्यक्ष केसीले वर्तमान सरकारप्रतिको असन्तोषका कारण गणतन्त्रप्रति खतरा उत्पन्न भएको बताएका हुन् । अध्यक्ष केसीले वर्तमान नेकपा नेतृत्वको सरकारले जनताको पक्षमा कागर्न नसकेको आरोप लगाए । उनले नेपालमा राजतन्त्र पुनःस्थापना हुनसक्ने खतरा तर्फ सचेत रहन आग्रह गरे । अध्यक्ष केसीले संघीयता सबैलाई भालुको कंचड भएको बताउँदै आफ्नो पार्टीले संघीयताविरोधी काम जारी राख्ने जिकिर गरे । कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, सचिव हिमाल पुरी, कोषाध्यक्ष ओमबहादुर पुरी र केन्द्रिय सदस्यद्धय घनश्याम न्यौपाने र लालबहादुर थापाको समेत उपस्थिति रहेको थियो । भिडियो हेर्नुहोस: https://youtu.be/APPsqxHBJZE
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update