हिमाल दैनिक
स्वास्थ्य परिक्षणका लागि बिहीबार सिंगापुर जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष तगडासँग बाँच्ने दाबी गर्दै कसैले मरिहाले हुन्थ्यो भनि पूजा, अर्चना र प्रार्थना गरेर हुन्छ भने पनि गर्न चुनौति दिएका छन्। असोज ३ गते पर्ने संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समाहरोह समितिको गृहमन्त्रालयमा बुधबार बसेको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू बिहीबार स्वास्थ्य परिक्षण र हल्का उपचारका लागि जान लागेको जानकारी दिए। उनले आफ्ना विरोधीहरुले आफूप्रति गलत मनसाय राखेर मरिहाले हुन्थ्यो भन्ने गरी धेरै प्रचार गरिरहेको आरोप पनि लगाए। उनले भने, ‘अचम्म लाग्छ, विरोधीहरु कति कमजोर भएछन् भने उ बाँचोस् तैपनि मुकाबिला गर्छौँ भन्ने छैन। मरिहालेदेखि हुन्थ्यो भनेर भन्ने। मलाई यस्ता प्रवृत्तिहरुसँग केही भन्नु छैन।’ https://twitter.com/i/status/1164094511187779584 आफू स्वास्थ्य परिक्षण र हल्का उपचाकार लागि सिंगापुर जान लागेको बताउँदै अत्यन्त चुनौतिको भाषामा भने, ‘आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न म त्यस्तो चाहनेहरु जो म मरिगए हुन्थ्यो भन्नेहरुलाई भन्न चाहन्छु। आउँदो चुनाव निकै टफ हुने छ। अस्थित्व रक्षाको लडाइमा अहिलेदेखि सुरु गरे हुन्छ।’ आफ्नो भनाईको व्याख्या गर्दै उनले भने, ‘यो मैले किन भनेको भने मरिहाले हुन्थ्यो भनि खुबै प्रचार गरेको हुनाले पछि धेरै निराश होलान् त्यो नहुन् भनेर भनेको।’ एक जनमानामा एक समयमा हामी सबै मर्छौँ भन्दै उनले थपे, ‘मैले अस्ति भनेको थिएँ, १५ वर्ष अगाडि विरामी थिएँ, अब १५ वर्ष तगडामा सामेल छु, बाँकी १५ वर्ष तगडामै हुन्छु।’ ओलीले थप्दै भने, पूजा अर्चना, प्रार्थना कतै केही गरेर हुन्छ भने दिने मेरो विचार छ।’
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update