भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल बुधबार मध्यान्न नेपाल आएका छन् ।
विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई दिने नेपाल बसाइका क्रममा उहाले राष्ट्रपति बिद्यादेवी भण्डारी र केपी ओलीसंग छुट्टाटुट्टै भेटवार्ता गर्ने तय भएको छ । विदेशमन्त्री भएपछि जयशंकरको यो पहिलो नेपाल भ्रमण हो ।
भिडियो हेर्नुस
https://youtu.be/-npHkgoHmtw
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय