गत निर्वाचन लगत्तै सरकारको नेतृत्व लिएपछि सम्भवत् पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आयोजना गरेका छन्।
आफ्नो स्वास्थ्यस्थितिमा निरन्तर कमजोरी देखिँदै गएपनि बाहिर केही नभएको जस्तोे गरी सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदै आएका प्रधानमन्त्री ओलीले मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा संसदमा रहेका दलका नेताहरु सहभागी भएका छन्।
सर्वदलीय बैठकको एजेण्डाबारे केही जानकारी नदिइएको भएपनि उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक बालकृष्ण खाण, मीनेन्द्रप्रसाद रिजाल सहभागी रहेका छन्।
सत्तारुढ दल नेकपाका तर्फबाट द्धितीय अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, वामदेव गौतम, महासचिव विष्ण पौडेल, सुवासचन्द्र नेम्वाङ, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र कानून मन्त्री भानुभक्त ढकाल उपस्थित छन्।
त्यसैगरी सत्तारुढ समाजवादी पार्टीका उपेन्द्र यादव, बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टीका महन्थ ठाकुर, राजकिशाेर यादवको उपस्थिती रहेको छ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय