हिमाल दैनिक
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाभित्रको जिम्मेवारी अनुसारको काम गर्न निर्देशन दिएका छन् । मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रममा उनले पार्टीभित्रको जिम्मेवारी बाँडफाँटलाई भागबण्डाकाे रूपमा नबुझ्न र तोकिएको जिम्मेवारी अनुसार काम गर्न निर्देशन दिएका हुन्। उनले पार्टीभित्र नमिलेको कुरालाई क्रमशः मिलाउदै लैजाने दाबी गरे। उनले नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने भन्दै पार्टी र मुलुकलाई अघि बढाउने जिम्मा नेकपाको काँधमा आएको बताए। कार्यक्रममा अन्य नेताहरुले पार्टी एकताका बाँकी कामलाइ छिटो अन्त्य गर्नुपर्ने धारणा राखे।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update