हिमाल दैनिक
सभामुख कृष्ण बहादुर महराले नेपाल भारतको सम्बन्धलाई कसैले पनि कमजोर पार्न नसक्ने बताएका छन् । नेपाल भारत महिला मैत्री समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले भारत नेपालको असल छिमेकी मात्र नरहेको भन्दै नेपाल र भारतका जनताबीच विश्वास जोडीएको बताए । उनले जनता जनताबीचको सम्बन्धका आधारमा नै दुईदेशको सम्बन्ध प्रगाढ हुने जिकिर गरे । उनले नेपालमा नयाँ व्यवस्थासहितको परिवर्तन आएको भन्दै यसलाई संस्थागत गर्न सवै गम्भीर हुनुपर्ने पनि बताए । कार्यक्रममा सहभागीहरुले नेपाल भारतबीचको स्म्बन्धको चर्चा गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update