हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। संसद सचिवालयले आज बिहान ११ बजे बस्ने बैठकको कार्यसूचि प्रकाशित गर्दै आजको बैठकमा प्रधानमन्त्री ओलीले जरुरी सार्वजनिक महत्वको वक्तव्य दिने जनाएको छ। प्रधानमन्त्री ओलीले सरकारको वार्षिक बजेट अन्तर्गत मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको सवाल जवाफमा प्रमुख प्रतिपक्षी दलका सांसदहरुसँग चलेको जुहारी पश्चात अहिलेसम्म सदनलाई सम्बोधन गर्न पाएका थिएनन्। त्यसबीचमा प्रधानमन्त्री ओेलीले गरेका युरोप लगायतका देशको भ्रमणबारे पनि सदनलाईृ जानकारी गराउनुका साथै समसामयिक विषयमा सदनलाई जानकारी दिने तयारी गरिरहेका छन्।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update