नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषयमा पुछुतो र हिनताबोधलाई मिसाएको सुन्दर भविश्यको आशाको खिचडी कार्यकर्तालाई बाँढ्न थालेका छन्।
राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार काठमाडौमा गरेको कार्यक्रममा उनले कतिपय कुराहरुमा चित्त नबुझ्दा नबुझ्दै पनि पार्टी एकताका लागि निर्णय लिनु पर्ने बाध्यता रहेको बताए।
कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको उनले बताए।
‘कहिले काहीँ बरु एकता नगरेको भए बरु कहिँ न कहिँ विकल्पहरु रहिराख्थे कि? झन सबै विकल्पहरु सकेर पनि सफलता प्राप्त गर्र्न सकिएन भने कम्युनिष्ट आन्दोलन र राष्ट्रकै वरवादी हुने हो कि भन्ने चिन्ता हामीलाई बेला बेलामा लाग्ने गरेको छ,’ दाहालले भने।
आफैमा विरोधाभासपूर्ण अभिव्यक्ति दिँदै दाहालले आफूहरुलाई पहिले गणतन्त्रको आन्दोलन सफल बनाउन सक्दैनन् भन्नेहरुले भने पनि आफूहरु त्यसमा सफलता प्राप्त गर्न सक्षम भएको बताए। त्यसैगरी शान्ति र संविधान ल्याउन सक्दैनन् भनेको त्यो पनि गरेर देखाइदिएको, निर्वाचन सम्पन्न गर्न सक्दैनन् भन्नेहरुको भनाई विफल पारी निर्वाचन सफल गराएको र पार्टी एकता गर्न सक्दैनन् भन्नेको बुझाई पनि गलत सावित गरेको बताए। उनले यो पार्टी एकताको विषयमा पनि भइरहेका गलत प्रचारहरुलाई चिर्दै आफ्नो पार्टी सुदृढ एकता गरेर देश हाँक्ने पार्टीको रुपमा अगाडि आउने आश्वासन कार्यकर्तालाई दिए।
दाहालले पार्टी सुदृढ र सफल हुने छ भन्दै गर्दा कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले ताली बजाएर स्वागत गरेका थिए।
नेकपाको सचिवालय बैंठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै दाहालले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताए।
कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उनले अहिले केही गर्न नसकिए इतिहासले धिकार्ने बताए।
वर्तमान नेपाल निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा भएको बताउँदै आफूहरुको उद्देश्य र रणनीति समाजवाद भएको उनले बताए।
चुनावका बेला गरिएका प्रतिवद्धता, घोषणा र सरकारको तर्फबाट गरिएको संमृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्ने चुनौति पनि रहेको उनको भनाई थियो।
कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी चिकित्सकहरुले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्रष्ट हुनु पर्ने माग गरे।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय