हिमाल दैनिक
ओली स्वास्थ्य परिक्षणगरि स्वदेश फिर्ता
pmoli
प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्यपरिक्षण गरि सोमबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । ओली स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लगाएतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सो हस्पिटलमा साउन १९ गतेदेखि स्वास्थ्य परीक्षण शुरु भएको थियो । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गरेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी हुनुहुन्थ्यो । रासस
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update