हिमाल दैनिक
विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट
1565573744bisfot
सोमबार बिहान झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ। नगरपालिकाको गरामनीमा रहेको ७,८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा बम विस्फोट भएको हो। प्रहरीका अनुसार विस्फोट बिहान साढे चार बजेको आसपासमा भएको हो। विस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको प्रहरी नायब उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले सेतोपाटीलाई बताए। उनले घटना कसले गरायो भन्ने अनुसन्धान भइरहेको बताए। श्रेष्ठले विस्फोटमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को हात हुनसक्ने आशंका रहेको बताए।
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update