हिमाल दैनिक
मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहको आगजनी
आगजन_9LwTCmfKpo
कपिलवस्तुको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराति आगजनी गरेका हुन्। शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो। आगजनी किन र कसले गरेको भन्ने आफूलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए। आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update