हिमाल दैनिक
गाउँपालिकाको अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहको आगजनी
gadi_aajani_2...._kJs4K0vpvV
  दाङको बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। शनिवार मध्यरातमा जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार आगलागीबाट रा १ झ १५२ नम्बरको बोलेरो गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले निभाएको थियो । गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त गाडी कसले र किन आगजनी गरेको  भन्ने विषय नखुलेको पाण्डेले बताए । रोल्पा जिल्लासँग सीमाना जोडिएको बंगलाचुली दाङको विकट पहाडी क्षेत्र हो । बंगलाचुलीका अध्यक्ष वली पूर्व माओवादीवाट निर्वाचित व्यक्ति हुन्। यसैबीत प्रहरीले प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुनसक्ने पूर्वानुमान गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update