महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानअनुसार राज्यका हरेक निकायमा महिला सहभागिताको प्रतिनिधित्व हुदै गएको बताएकी छिन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा महिला मन्त्रालयका सम्बन्धमा सांसदहरुले राखेका मौखिक प्रश्नको जवाफ दिँदै उनले सङ्घीय संसद्मा ३३ दशमलव पाँच, प्रदेशसभामा ३४ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव पाँच प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गरिन ।
साथै उनले राज्यका अन्य निकायमा पनि संविधानअनुसार महिलाको प्रतिनिधित्व लागू हुँदै गएको अवगत गराईन। मन्त्री थापाले संविधानले महिलालगायतको समुदाय र वर्गको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेबमोजिम तीनै तहमा लागू हुदै गएको बताईन ।
साथै उनले बाँकी निकायमा पनि सहभागिताका निम्ति विद्यमान कानून परिमार्जन र नयाँ कानून बनाउने सम्बन्धमा मूल्याङ्कन गरी छलफलका क्रममा रहेको जानकारी गराईन ।
बैठकमा काङ्ग्रेसका सांसद उमा, रेग्मी पुष्पा भुसाल र डिला सङ्ग्रौलाले सरकारले महिला प्रतिनिधित्वका बारेमा प्रतिबद्धता मात्रै गरेको तर व्यवहारमा किन कार्यान्वयन गर्न नसकेको भनी प्रश्न गरेका थिए ।
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय