प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन्।
सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकुल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका छन् ।
https://twitter.com/kpsharmaoli/status/1158905870060851200
यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतका पूर्वबाह्य मामिलामन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत नेत्रीलाई प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्वका रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाको स्मरण गरेका छन्।रासस
https://twitter.com/i/status/1159015184490307585
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय